स्वर्णिम योजनाको लागि अवधारणा पत्र पेस गर्न काठमाडौं महानगरको आग्रह

हिमाल प्रेस ११ चैत २०८० १६:५६ | Sunday, March 24, 2024
स्वर्णिम योजनाको लागि अवधारणा पत्र पेस गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं- काठमाडौं महानगरपालिकाले स्वर्णिम योजनाको लागि अवधारणा पत्र पेस गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघसंस्थाहरुलाई आग्रह गरेको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै एक हप्ताभित्र आवश्यक कागजातसहित अवधारणा पत्र पेश गर्नू भनेको हो।

काठमाडौं महानगरपालिकाको आव ०८०/८१ को नीति तथा कार्यक्रममा महानगरको स्वर्णिम योजनाअन्तर्गत ‘सबैको योजना सबैका विकास’ कार्यक्रम सञ्चालन गर्ने नीति रहेको छ।

‘राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घ-संस्था, विभिन्न निकाय, समुदाय, क्लब, टोल विकास संस्था, सरकारी, गैरसरकारी सहकारी तथा निजी संस्था तथा अन्य साझेदारी निकायको सहकार्यमा न्यूनतम लागत ५० प्रतिशत लगानी हुने गरी कम्तीमा २० लाखदेखि बढीमा २ करोडसम्मको फर्म/संस्था/निकायले सूचना प्रकाशित भएको मितिले १ हप्ताभित्र आवश्यक कागजातसहित तोकिएको ढाँचामा अवधारणा पत्र पेस गर्न सूचित गरिन्छ,’ सूचनामा उल्लेख छ।

विस्तृत जानकारीका लागि महानगरको वेबसाइट (www.kathmandu.gov.np) मा हेर्न सकिने महानगरपालिकाले जनाएको छ।

प्रकाशित: ११ चैत २०८० १६:५६ | Sunday, March 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast