‘स्पट फिक्सिङ’ को आरोप लागेका क्रिकेटरले पाए सफाइ

हिमाल प्रेस १२ चैत २०८० १९:०० | Monday, March 25, 2024
‘स्पट फिक्सिङ’ को आरोप लागेका क्रिकेटरले पाए सफाइ

काठमाडौँ- फिक्सिङको आरोप लागेका क्रिकेटर आदिल अन्सारी, महबुब आलमलगायतले अदालतबाट सफाइ पाएका छन्। न्यायाधीश कमल प्रसाद पोखरेलको एकल इजलासले अन्सारीसहित ५ जनालाई निर्दोष ठहर गरेको हो। सफाइ पाउनेमा अन्सारी र आलमसहित नितेश साह गुप्ता, नविन कँडेल, रवी माझी र महबुब आलम छन्। अभियोग दाबी नपुग्ने भन्दै जिल्ला अदालत काठमाडौंले उनीहरूलाई सफाइ दिएको हो। उनीहरूविरुद्ध गत वर्ष फागुन ५ गते मुद्दा दायर भएको थियो ।

नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङ गरेको आरोपमा अघिल्लो वर्षको माघमा अन्सारी, पूर्वक्रिकेटर महबुब आलम र नितेश गुप्ता पक्राउ परेका थिए। त्यसको तीन महिनापछि जनही ३ लाख धरौटीमा छुटेका थिए। गत पुस ९ देखि २७ सम्म भएको कीर्तिपुर मैदानमा भएको नेपाल टी–२० लिगमा उनीहरूले स्पट फिक्सिङ गरेको आरोप लागेको थियो।

फिक्सरसँग रकम लिएर नो बल फ्याकेको आरोप आदिलमाथि लागेको थियो। उनीहरूमाथि खेलमा मिलेमतो तथा अनियमितताको मुद्दा दायर भएको थियो। त्यसअघि आदिल राष्ट्रिय टोलीबाट खेल्दै आएका थिए।

सफाइ पाएपछि आदिलले सामाजिक सञ्जालमार्फत न्याय मरेको छैन भन्ने महसुस गरेको उल्लेख गरेका छन्। ‘न्याय मरेको छैन भन्ने आज महसुस गरेँ । सम्मानित अदालतले सफाइ दिएसँगै थप मनोबलका साथ अघि बढ्ने साहस आएको छ’, उनले लेखेका छन्, ‘परिवार, साथी र शुभचिंतकलाई हृदयबाट धन्यबाद दिँदै मलाई हौसला दिइ न्यायको यात्रामा सहयोग पु्र्याउने आदरणीय वकिल अनिता शर्मालाई धेरै धेरै धन्यवाद।’

प्रकाशित: १२ चैत २०८० १९:०० | Monday, March 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast