स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट

हिमाल प्रेस ७ चैत २०८० १३:२९ | Wednesday, March 20, 2024
स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौँ- नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन्। नबिल बैंक लिमिटेडले स्काइवाकको टिकटमा छुट दिन वन्डर्स नेपाल प्रालिसँग दुई पक्षीय समझदारी गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सम्झौताअनुसार नबिल बैंकका ग्राहकले वन्डर्स नेपाल प्रालिको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन्।

छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले टिकट खरिद गर्दा नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड अथवा एनबैंक एपबाट भुक्तानी गर्नुपर्ने प्रावधान राखिएको छ। सम्झौताअन्तर्गत नबिल बैंकका ग्राहकहरुले यो सुविधा दुई वर्षसम्म उपभोग गर्न पाउने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ७ चैत २०८० १३:२९ | Wednesday, March 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast