सुन प्रकरण : कृष्णबहादुर महरासहितका नेता र प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

हिमाल प्रेस ४ चैत २०८० ११:३९ | Sunday, March 17, 2024
सुन प्रकरण : कृष्णबहादुर महरासहितका नेता र प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन्।  मन्त्री लामिछानेले आइतबार  गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिएका हुन्।

मन्त्रालयमा भएको छलफलमा मन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनमा दोषी देखिएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। महरा माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख हुन्।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले पनि सो प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।

प्रकाशित: ४ चैत २०८० ११:३९ | Sunday, March 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast