काठमाडौँ- आज सुनचाँदीको मूल्य घटेको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा आज १ लाख २६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज प्रतितोला ३०० रुपैयाँले सुनको मूल्य घटेको हो।
त्यसैगरी आज तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ। सोमबार तेजाबी सुन तोलामा १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार १ हजार ५१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
                            प्रकाशित: १३ चैत  २०८० ११:३१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

