सुनको मूल्य हालसम्मकै बढी, १ लाख २६ हजारमा एक तोला

हिमाल प्रेस २७ फागुन २०८० ११:२९ | Sunday, March 10, 2024
सुनको मूल्य हालसम्मकै बढी, १ लाख २६ हजारमा एक तोला

काठमाडौँ- सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि गत बिहीबारको उच्च मूल्यलाई आज तोडेको महासंघले जनाएको छ। गत बिहीबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुन आज प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँमा करोबार भइरहेको छ।

चाँदी प्रतितोला एक हजार ४७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। गत शुक्रबारको तुलनामा चाँदीको मूल्य पाँच रुपैयाँ वृद्धि भएको हो।

प्रकाशित: २७ फागुन २०८० ११:२९ | Sunday, March 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast