सुनको मूल्यमा नयाँ रेकर्ड

हिमाल प्रेस १६ चैत २०८० ११:३६ | Friday, March 29, 2024
सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडाैँ- नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे छ। हिजाे बिहीबार प्रतितोला एक लाख २७ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ३० हजार रुपैयाँ पुगेको छ। आजकाे मूल्य पछिल्लो रेकर्डभन्दा दुई हजार एक सय रुपैयाँ बढी हो।

आज छापावाल सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख २७ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार पाँच सय २५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार पाँच सय १० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो।

प्रकाशित: १६ चैत २०८० ११:३६ | Friday, March 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast