सुनको मूल्यमा कीर्तिमान, एक लाख २७ हजार ८ सयमा कारोबार

हिमाल प्रेस ८ चैत २०८० ११:११ | Thursday, March 21, 2024
सुनको मूल्यमा कीर्तिमान, एक लाख २७ हजार ८ सयमा कारोबार

काठमाडौँ- नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले कीर्तिमान कायम गर्न सफल भएको छ।

यसअघि गत फागुन २७ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

उक्त दिन सुन प्रतितोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख २७ हजार आठ सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार आठ सय रुपैयाँ बढी हो।

अघिल्लो दिन अर्थात् बुधबार स्थिर रहेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार छ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २७ हजार आठ रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: ८ चैत २०८० ११:११ | Thursday, March 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast