साउनयता ८ खर्ब ३९ अर्ब भित्रियो रेमिट्यान्स

हिमाल प्रेस २७ फागुन २०८० १५:२७ | Sunday, March 10, 2024
साउनयता ८ खर्ब ३९ अर्ब भित्रियो रेमिट्यान्स राष्ट्र बैंक

काठमाडौँ– नेपाल भित्रने रेमिट्यान्स २१ प्रतिशत वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थितिमा सात महिनामा ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको देखाएको छ।

नेपालमा मासिक औसत १ खर्ब १९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको बैंकको तथ्यांकमा छ। समीक्षा अवधिमा विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ३९ अर्ब पुगेको बैंकको तथ्यांकमा छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २ लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५४० रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख १४ हजार ७६७ र १ लाख ६७ हजार ७ सय ८ थियो।

प्रकाशित: २७ फागुन २०८० १५:२७ | Sunday, March 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast