सांग्रिला डेभलपमेन्ट बैंक र दुसित प्रिन्सेसबीच सम्झौता

हिमाल प्रेस ६ चैत २०८० १२:३७ | Tuesday, March 19, 2024
सांग्रिला डेभलपमेन्ट बैंक र दुसित प्रिन्सेसबीच सम्झौता

काठमाडौँ- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र लाजिम्पाट काठमाडौँस्थित पाँचतारे होटल दुसित प्रिन्सेस काठमाडौँबीच बैंकका ग्राहक र कर्मचारीहरुलाई होटलसँग सम्बन्धित सेवा तथा सुविधा (रेस्टुरेन्ट, आवास तथा अन्य सुविधा) प्रदान गर्ने उद्देश्यले सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालक अधिकृत अपूर्वप्रसाद जोशी र होटल दुसित प्रिन्सेस काठमाडौँका तर्फबाट क्लस्टर महाप्रबन्धक समिर बनर्जीले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी होटल दुसित प्रिन्सेस काठमाडौँमा खाना तथा पेय पदार्थमा २० प्रतिशत तथा बैंकका कर्मचारीहरुले खाना तथा पेय पदार्थमा २५ प्रतिशत र आवासलगायत अन्य सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन्।

साथै बैंकका कर्मचारीहरुलाई भोजका निम्ति हलमा पनि विशेष छुट दिएको व्यहोरा सम्झौतापत्रमा उल्लेख छ।

प्रकाशित: ६ चैत २०८० १२:३७ | Tuesday, March 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast