सर्वोत्तम सिमेन्टको सेयर एक हजार नजिक, पोजेटिभ सर्किट कायमै

हिमाल प्रेस १४ चैत २०८० १६:२८ | Wednesday, March 27, 2024
सर्वोत्तम सिमेन्टको सेयर एक हजार नजिक, पोजेटिभ सर्किट कायमै

काठमाडौँ- सर्वोत्तम सिमेन्ट कम्पनीको दोस्रो सेयर बजारमा लगातार छैटौँ दिन पनि पोजेटिभ सर्किट लागेको छ। बुधबार कम्पनीको सेयर मूल्य ८९.५० रुपैया बढेर प्रतिकित्ता ९८४.६० रुपैयाँ पुगेको छ। बजार खुलेको केही समयमै उक्त कम्पनीको सेयर ९.९९ प्रतिशतले बढेको हो। मंगलबार कम्पनीको अन्तिम सेयर मूल्य प्रतिकित्ता ८९५.१० रुपैयाँ कायम भएको थियो।

कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गरेको हो।

सर्वोत्तम सिमेन्टको सेयर दोस्रो बजारमा पहिलो कारोबार ५५६ रुपैयाँबाट सुरु भएको पहिलो दिनमै पोजेटिभ सर्किट लागेर प्रतिकित्ता सेयर ६११.६० रुपैयाँ पुगेको थियो। कम्पनीले नेपालमा पहिलो पटक बुक बिल्डिङमार्फत प्राथमिक सेयर निस्कासन गरेको थियो।

प्रकाशित: १४ चैत २०८० १६:२८ | Wednesday, March 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast