सर्लाहीमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

हिमाल प्रेस ५ चैत २०८० ७:४६ | Monday, March 18, 2024
सर्लाहीमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

सर्लाही- सर्लाहीको बसबरिया गाउँपालिका–३ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

प्रदेश २–०२–००१ त ०४३५ नम्बरको ट्र्याक्टर पल्टिँदा त्यसका चालक बसबरिया गाउँपालिका–३ का १९ वर्षीय पुजेरी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए।

खेतमा काम गरेर फर्किंदा बसबरिया गाउँपालिका–३ कोठिहारस्थित नहरमा आइतबार साँझ ट्याक्र पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको बेला ट्र्याक्टर धनी बसबरिया गाउँपालिका–३ का अन्दाजी ५० वर्षीय सञ्जीवकुमार यादव पनि ट्याक्टरमै थिए। उनी भने सकुशल रहेका प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्र्याक्टर धनी यादव फरार रहेका छन्। दुर्घटनामा संलग्न ट्र्याक्टर इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा रहेको र शवलाई शवपरीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा, सर्लाही पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ चैत २०८० ७:४६ | Monday, March 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast