सरस्वती बहुमुखी क्याम्पसमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

हिमाल प्रेस १ चैत २०८० २०:२१ | Thursday, March 14, 2024
सरस्वती बहुमुखी क्याम्पसमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका–२६ लेखनाथ मार्ग, ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। सेवाग्राहीको बढ्दो चाप र आवश्यकतालाई दृष्टिगत गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।

अब बैंकका एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरुको संख्या ६७ पुगेको छ। नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन्।

प्रकाशित: १ चैत २०८० २०:२१ | Thursday, March 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast