काठमाडौँ- प्रतिनिधिसभाको आज बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत मागेका छन्। फागुन २१ गते कांग्रेससहितको गठबन्धन टुटेर एमालेसहितको गठबन्धन सरकार बनेपछि दाहालले आज विश्वासको मत लिन लागेका हुन्।
गठबन्धन टुटेपछि नेपाली कांग्रेसले समर्थन फिर्ता लिइसकेको छ। समर्थन गरेको दलले समर्थन फिर्ता लिएपछि संसद्मा पुन: विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सत्ता गठबन्धनमा माओवादी, एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी सहभागी छन्।
प्रकाशित: ३० फागुन २०८० १२:५६ | Wednesday, March 13, 2024
प्रतिक्रिया




