संसद्‌मा अवरोध गरिएका गृहमन्त्री समिति बैठकमा [तस्बिरसहित]

दिपेश श्रेष्ठ १४ चैत २०८० १२:३७ | Wednesday, March 27, 2024
संसद्‌मा अवरोध गरिएका गृहमन्त्री समिति बैठकमा [तस्बिरसहित]

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठकमा जबाफ दिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने उपस्थित भएका छन्।

संसदीय समितिका सदस्यले राष्ट्रिय सुरक्षाका विषयमा प्रश्न उठाएपछि समितिले उपस्थित भएर जबाफ दिन गृहमन्त्रीलाई निर्देशन दिएको थियो।

यता प्रतिनिधिसभामा भने लामो समय गृहमन्त्रीकै कारण बैठक प्रभावित बन्दै आएको छ। सहकारी ठगी प्रकरणमा लामिछाने जोडिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ।

समिति सभापति रामहरि खतिवडाले नै गृहमन्त्रीलाई समिति बैठकमा उपस्थित हुन निर्देशन गरेका थिए। यता प्रतिनिधिसभा बैठकमा भने खतिवडाले नै गृहमन्त्रीको नैतिकतामाथि प्रश्न उठाएका थिए।

तर यता संसदीय समितिमा भने उनलाई विवादका विषयमा जबाफ दिन बोलाएको हो। आजको बैठकमा लामिछानेसहित गृह सचिव र सुरक्षा निकायका प्रमुख समेत बैठकमा सहभागी छन्।

 

 

प्रकाशित: १४ चैत २०८० १२:३७ | Wednesday, March 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast