शंकर श्रेष्ठको ‘प्रेम त’

हिमाल प्रेस १२ चैत २०८० १३:११ | Monday, March 25, 2024
6
SHARES
शंकर श्रेष्ठको ‘प्रेम त’

काठमाडौँ- गायक शंकर श्रेष्ठको स्वरमा ‘प्रेम त’ बोलको गीत सार्वजनिक गरिएको छ। प्रेमिल गीतको शब्द गायक शंकर श्रेष्ठले नै रचेका हुन्। देवराज न्यौपानेले संगीत भरेको गीतमो संगीत संयोजन शाहस शाक्यको छ। देव लावरले गीतकाे मिक्सिङ तथा मास्टरिङ गरेका छन्।

क्रिएटिभ आवर प्रोडक्सनले निर्माण गरेको भिडियोमा गायक शंकरसहित कुसुम शर्मा, सुजा पौडेल, दिलिप योङहाङ, हिमा थापा, धनप्रसाद श्रेष्ठ, कौशीला श्रेष्ठ र स्मृति श्रेष्ठको अभिनय छ।

नगेन्द्र नेपालको निर्देशनमा बनेको भिडियोको छायांकन खगेन्द्र पन्धक लिम्बूले गरेका हुन् भने सम्पादन रोशन श्रेष्ठले र कलर दिन्सन शाहले गरेका छन्। भिडियोमा सह-निर्देशनमा योगेश कोइराला छन्। गीत क्रिएटिभ आवर प्रोडक्सनको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

यस्ताे छ गीत

 

प्रकाशित: १२ चैत २०८० १३:११ | Monday, March 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast