काठमाडौँ- मुख्यसचिव वैकुण्ठ अर्याल आज (सोमबार)देखि बिदामा बस्ने भएका छन्।
टेरामक्स प्रविधि खरिदको अनियमिततामा मुछिएका उनी आजदेखि बस्ने तय भएको सिंहदरबार स्रोतले पुष्टि गरेको छ।
सञ्चार मन्त्रालयको सचिव रहँदा अर्यालले टेरामक्स प्रविधि खरिदमा अनियमितता गरेको निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छ ।
अख्तियारले टेरामक्स खरिद प्रकरणको अनियमितताका सम्बन्धमा सबै अनुसन्धान सकेर मुद्दा दायरको तयारी गरिरहेको छ। तर, मुख्यसचिव पदमा बहाल रहिरहेकै कारण मुद्दा दायर अघि नै अख्तियारले उनको मार्ग प्रशस्त चाहेको छ।
                            प्रकाशित: २१ फागुन  २०८० ७:०६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

