विद्यार्थीलाई शिक्षामन्त्री श्रेष्ठको आग्रह : एसईईको टेन्सन र प्रेसर नलिनुस्

हिमाल प्रेस ८ चैत २०८० १०:३९ | Thursday, March 21, 2024
विद्यार्थीलाई शिक्षामन्त्री श्रेष्ठको आग्रह : एसईईको टेन्सन र प्रेसर नलिनुस् शिक्षामन्त्री सुमना श्रेष्ठ। फाइल तस्बिर।

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एसईईमा विद्यार्थीलाई टेन्सन र प्रेसर नलिन आग्रह गरेकी छन्।

राष्ट्रिय परीक्षा बोर्डले यही चैत १५ गतेदेखि एईई सञ्चालन गर्दैछ। परीक्षाको पूर्वसन्ध्यामा शिक्षामन्त्री श्रेष्ठले एक भिडिओमार्फत विद्यार्थीलाई सो आग्रह गरेकी हुन्।

उनले भनेकी छन्, ‘भाइबहिनीहरू एसईई आइरहेको छ। सबै जनालाई अल द बेस्ट। धेरै टेन्सन नलिनुहोला। जाँच हो महत्त्वपूर्ण छ तर त्यो त्यही नै हो भनेर टेन्सन नलिनुहोला। धेरै स्ट्रेस नगरिदिनुहोला।’

मन्त्री श्रेष्ठले आफूले परीक्षा दिँदाको अनुभव सुनाउँदै सजिलो लाग्ने प्रश्नबाट उत्तर लेख्न सुरु गर्न आग्रह गरिन्। ‘मैले जाँच दिँदा प्रश्नपत्र हेरेर आफूलाई सबैभन्दा सजिलो लाग्ने प्रश्नबाट सुरु गर्थें। प्रश्न नम्बर १ बाट नै सुरु गर्नुपर्छ भन्ने छैन। प्रश्न नं १० सजिलो लाग्छ भने त्यहाँबाट सुरु गर्नुहोस्। विशेषतः गणित विषयको कुनै प्रश्न गाह्रो लागेमा त्यसैमा नअड्किनुहोस्। अरु प्रश्न हल गर्नुहाेस्। समय सीमित हुन्छ। जति सकिन्छ त्यति गर्ने हो।’

उनले बालबच्चालाई प्रेसर नदिन पनि अभिभावकलाई आग्रह गरिन्। ‘एसईईमा राम्ररी पढ्नुहोला। राम्ररी सुत्नुहोला। अभिभावकले आफ्ना बच्चाबच्चीलाई धेरै प्रेसर नदिनुहोला,’ मन्त्री श्रेष्ठले भनिन्।

एसईईमा जापानबाट २३ जना सहभागी हुँदै

प्रकाशित: ८ चैत २०८० १०:३९ | Thursday, March 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast