वसन्तपुरमा चिर ठडाएर फागुपूर्णिमा प्रारम्भ

हिमाल प्रेस ४ चैत २०८० १४:०६ | Sunday, March 17, 2024
वसन्तपुरमा चिर ठडाएर फागुपूर्णिमा प्रारम्भ
काठमाडाैँ- वसन्तपुरमा आज बिहान होलीको ‘चिर’ ठड्याएर फागुपूर्णिमा (होली) को विधिवत् रुपमा प्रारम्भ गरिएको छ। परापूर्वकालदेखि मानन्धर समुदायले चिर ठडाएर फागुपूर्णिमाको पूजा गरी होलीको सुरुआत गर्ने परम्परा छ।
स्थानीय तीर्थलाल तन्डुकारले आज बिहानै चिरको पूजा गरी होलीको प्रारम्भ भएको बताए। यसै दिनदेखि काठमाडौँवासीहरू चिरको पूजा गरी आशीर्वाद लिने चलन छ। तन्डुकारका अनुसार चिरको टुप्पोमा झुन्ड्याइएको रङ्गीविरङ्गी ध्वजालाई मानिसहरूले फागुपूर्णिमा समापन भएपछि घरमा लगेर राख्ने गर्छन्।
‘चिरमा झुन्ड्याइएको ध्वजा घरमा राख्दा शुभ हुन्छ भन्ने धार्मिक विश्वास छ,’ उनले भने, ‘यस ध्वजामा कृष्णलीला समेत समेटिएको हुने परम्परागत मान्यता छ।’  होलीको भोलिपल्ट टुँडिखेलमा लगेर चिर विर्सजन गरिन्छ।
प्रकाशित: ४ चैत २०८० १४:०६ | Sunday, March 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast