काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले छ महिनाभित्र विधान अधिवेशन गर्ने र एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ। लोसपाको चैत ६ र ७ गते वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकले सोही निर्णय गरेको हो।
यसका लागि पार्टीले जिल्ला, पालिका र वडासम्म पार्टीको पुनर्गठन गरि सुदृढीकरण अभियान चलाउने भएको छ।
यस्तै बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) नेपालको हितमा रहेको निष्कर्ष निकालेको छ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले जारी गरेको विज्ञप्तीमा बीआरआई कार्यान्वयन गर्न नसकिने उल्लेख गरेका छन्।

प्रकाशित: ८ चैत २०८० १४:०६ | Thursday, March 21, 2024
प्रतिक्रिया





