लुकाइछिपाइ ल्याएको ११ लाखसहित चार जना नियन्त्रणमा

हिमाल प्रेस २७ फागुन २०८० १६:३४ | Sunday, March 10, 2024
लुकाइछिपाइ ल्याएको ११ लाखसहित चार जना नियन्त्रणमा प्रतिनिधिमुलक तस्बिर

काठमाडौँ- लुकाइछिपाइ ल्याएको ११ लाख ५० हजार रुपैयाँसहित चार जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

पूर्व–पश्चिम सडक खण्ड अन्तरगत हेटौँडा—१५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा वीरगञ्जबाट नारायणघाट तर्फ जाँदै गरेको बिआर ०१ एआर २९९१ नम्बरको भारतीय कारलाई शंका लागेर रोकी जाँच गर्ने क्रममा उक्त कारको सिटमुनि लुकाइछिपाइ ल्याएको रकमसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताए।

पक्राउ परेकाको साथबाट एक हजार ४२ थान भारतीय पाँच सयको नोट अन्दाजी पाँच लाख २१ हजार, दुई सयका ९३ थान, १८ हजार ६००, एक सयका ९३ थान, नौ हजार ३००, रु ५० को नोट चार थान गरी जम्मा भारतीय रु पाँच लाख ४९ हजार १०० र नेपाली रुपैयाँ हजारको नोट १५० थान, रु ५०० को दुईसय थान गरी नेपाली रु दुई लाख ५० हजार फेला परेको प्रवक्ता भण्डारीले बताए।

रकमसँगै कार चालक भारत विहार राज्य सीतामणि थाना ९९ भूभैरवो बस्ने वर्ष ३० का राकेशकुमार र सोही कारमा सवार वर्ष ३० को चन्द्रबाबु, वर्ष ३७ को अशोक राय, जिल्ला सुनसरी कोशी गाउँपालिका– ४ बस्ने वर्ष ३२ को निजाम मियाँसमेत चार जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले जानकारी बताए।

प्रकाशित: २७ फागुन २०८० १६:३४ | Sunday, March 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast