रिलायबल प्राइभेट इक्विटी फन्ड र अकामा होटलबीच लगानी सम्झौता

हिमाल प्रेस ५ चैत २०८० १५:२९ | Monday, March 18, 2024
रिलायबल प्राइभेट इक्विटी फन्ड र अकामा होटलबीच लगानी सम्झौता

काठमाडौँ- कोष व्यवस्थापक रिलायबल भेन्चर क्यापिटल लिमिटेडद्वारा प्रवर्धित रिलायबल प्राइभेट इक्विटी फन्डबाट अकामा होटल लिमिटेडमा लगानी गर्ने सम्झौता भएको छ।

फन्डका तर्फबाट कोष व्यवस्थापकका प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झा र अकामा होटलको तर्फबाट होटलका अध्यक्ष विनयकुमार श्रेष्ठले लगानी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

लगानी सम्झौताअनुसार रिलायबल प्राइभेट इक्विटी फन्डले अकामा होटलमा २२ करोड पचास लाख रुपैयाँ लगानी गरी प्राथमिक सार्वजनिक निष्कासनपछि कायम रहने सेयर पुँजीको १० प्रतिशत रकम बराबरको सेयर खरिद गर्नेछ।

रिलायबल प्राइभेट इक्विटी फन्ड, विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत नेपाल धितोपत्र बोर्डमा दर्ता भई संस्थापन तथा सञ्चालन भएको कोष हो जसको व्यवस्थापन रिलायबल भेन्चर क्यापिटल लिमिटेडले गरको छ।

यस कोषको मुख्य उद्देश्य सूचीकृत नभएका संस्थाहरुमा लगानी गरी सो सस्ंथाहरुलाई एक वैकल्पिक वित्तीय स्रोत उपलब्ध गराउनु रहेको छ।

प्रकाशित: ५ चैत २०८० १५:२९ | Monday, March 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast