यो गणतन्त्रलाई पल्टाएरै छाड्छौँ : राजेन्द्र लिङ्देन

हिमाल प्रेस ३० फागुन २०८० १४:४८ | Wednesday, March 13, 2024
यो गणतन्त्रलाई पल्टाएरै छाड्छौँ : राजेन्द्र लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको गणतन्त्रलाई लुटतन्त्रको संज्ञा दिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५ महिनामै तेस्रो पटक विश्वासको मत लिन डाकिएको बैठकमा बुधबार सम्बोधन गर्दै लिङ्देनले यस्तो बताएका हुन्।

उनले हिजो जस्तो राजा र हिन्दू धर्मलाई गाली गरेर अब काम नचल्ने बताए। ‘हिजो राजा र हिन्दू धर्मलाई गाली गरेर वाहावाही कमाइन्थ्यो’, उनले भने, ‘तर अब त्यो सम्भव छैन, काम गरेर देखाउनुस्।’

उनले अहिलेको गणतन्त्र केवल लुटतन्त्र रहेको टिप्पणी गरे। ‘अहिले हामी अल्पमतमा होलाऊँ, सानो संख्यामा हौँला’, उने भने, ‘तपाईंहरूले यो व्यवस्थालाई सर्वोत्तम् भनिरहनु भएको छ। तर यो लुटतन्त्र गणतन्त्र हो भने हामी विरोध गरिरहन्छौँ। एक दिन हामी यसलाई  पल्टाएर छाड्छौँ।’

प्रकाशित: ३० फागुन २०८० १४:४८ | Wednesday, March 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast