काठमाडाैँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीकाे मूल्यसूची सार्वजनिक गरेकाे छ। समितिका अनुसार कालीमाटीमा आज नेपाली गोलभेँडा ५५ रुपैयाँ र भारतीय गोलभेँडा ६५ रुपैयाँ प्रतिकिलोका दरले कारोबार भइरहेको छ।
त्यसैगरी लोकल गाँजर ३३, तराईको गाँजर २८, स्थानीय काउली ३०, तराईको काउली २५, रातो मुला ५६, सेतो मुला ३३, भान्टा ७५, तने बोडी २३० रुपैयाँमा काराेबार भइरहेकाे समितिले जनाएकाे छ।
मटरकोसा ७५, तितेकरेला १७०, घिरौँला ९५, तराईको परवल २४०, पाकेको फर्सी ४५, भिण्डी १४०, कन्य च्याउ ११०, डल्ले च्याउ ३०४ रुपैयाँ प्रतिकिलोको दरमा कारोबार भइरहेको समितिले जनाएको छ।
हेर्नुस् सूची



                            प्रकाशित: २ चैत  २०८० ९:३२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

