मुगुमै हुने भयो बौद्ध शिक्षा पढाइ

हिमाल प्रेस २ चैत २०८० १३:५९ | Friday, March 15, 2024
मुगुमै हुने भयो बौद्ध शिक्षा पढाइ प्रतिनिधिमूलक तस्बिर, अनपलासबाट।

मुगु- जिल्लाको पूर्वी भेगमा रहेको मुगुम कार्मारोंग गाउँपालिका–३ चेजाङ्पुकमा बौद्ध शिक्षा पढाइ हुने भएको छ। निजी लगानीमा निर्माण भएको ओर्गेन डोढुल लिङ गुम्बामा आधारभूत तहसम्मको बौद्ध शिक्षा पढाइ हुने भएको हो।

बौद्ध शिक्षा पढ्नका लागि मुगुम कार्मारोंगका लामा समुदायका ५० देखि एक सय जनासम्म बालबालिका बर्सेनि काठमाडौँ र भारत जाने गर्दछन्।

रिम्पोचे हिस्से साम्फो र उनकी धर्मपत्नी रिम्पोचे खाण्डो पेमा छोइडेलको आर्थिक सहयोगमा ओर्गेन डोढुल लिङ गुम्बा निर्माण भएको हो। सोही गुम्बामा पूजाआजा र बौद्ध शिक्षा पढाइ हुने गुम्बाका अध्यक्ष खेम्बो कार्मा राप्केले बताए।

नयाँ गुम्बाको निर्माण पूरा भएपछि छोङ्ढुप पूजासहित विधिवत रूपमा गुम्वा उद्घाटन भइसकेको छ। गुम्बा निर्माण भएपछि बौद्ध शिक्षा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ।

‘हाम्रै ठाउँबाट बौद्ध पढाइ हुने भएकामा हामी खुसी छौँ। अब काठमाडौँ, भारत जानुपर्ने बाध्यता रहेन’, वडा नं ४ कार्तिक गाउँका दाक्पा तामाङले भने,‘हाम्रा लागि धेरै सहज भयो देवता, लामाको पूजाआजा र प्रार्थना गर्न सहज भएको छ।’

प्रकाशित: २ चैत २०८० १३:५९ | Friday, March 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast