मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

हिमाल प्रेस २ चैत २०८० १६:३७ | Friday, March 15, 2024
मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ– मुक्तिनाथ विकास बैंकले बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियानअन्तर्गत विभिन्न स्थानहरुमा बैंकिङ साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ। बैंकले कास्कीको पोखरा–३३ स्थित सरस्वती टीका स्कुल र कैलालीको धनगढी-४ स्थित सिसिएस कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रमहरुमा स्कुल र कलेजका विद्यार्थीहरु तथा शिक्षक, शिक्षकाहरुको सहभागिता थियो। त्यसै गरी बैंकले ललितपुरको इमाडोल–१ स्थित स्टार फुडल्यान्ड नजिकको परिसरमा र सुर्खेतको वीरेन्दनगर-११ स्थित देउती बजै मन्दिर नजिक परिसरमा पनि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ।

कार्यक्रमहरुमा बैंकिङ सेवासुविधा, डिजिटल बैंकिङ प्रविधि, बचत खातालगायत बैैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो। यस अभियानबाट स्थानीय तहमै वित्तीय सुविधा बारे चेतना तथा पहुँच पु¥याउने उद्दश्य बैंकले लिएको छ।

प्रकाशित: २ चैत २०८० १६:३७ | Friday, March 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast