महिला गाइडलाई उद्धार तालिम [तस्बिरहरू]

हिमाल प्रेस १४ चैत २०८० १६:१९ | Wednesday, March 27, 2024
महिला गाइडलाई उद्धार तालिम [तस्बिरहरू]

काठमाडौँ- नेपाल पर्यटन बोर्डले २५ महिला गाइडलाई उद्धारसम्बन्धी तालिम दिएको छ। सीपयुक्त जनशक्तिको विकास नगरेसम्म गुणस्तरीय पर्यटन प्रवर्धन सम्भव नहुने भन्दै नेपाल पर्यटन बोर्डले पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानसँगको सहकार्यमा महिला गाइडलाई सातदिने उद्धार तालिम प्रदान गरेको हो।

तालिममा माउन्टेन गाइड बन्नका लागि आवश्यक  पर्ने पाठ्यक्रममा आधारित रहेर पदयात्रा र हिमाल आरोहणका क्रममा दुर्घटनाबाट बचाउन र उद्धार गर्ने सीप सिकाइएको बोर्डले जनाएको छ।

नेपाल पर्वतारोहण प्रशिक्षक संघको प्राविधिक सहयोग रहेको तालिम काठमाडौँको जगडोल जंगलमा गरइएको बोर्डको विज्ञप्तिमा उल्लेख छ।

बोर्डले वर्षमा पर्यटन जनशक्ति सुदृढ बनाउन उद्धार, बारिस्ता, मौलिक बाजाको प्रशिक्षण, पर्यटनमैत्री व्यवस्थापनका लागि तालिम आयोजना गर्दै आएको छ।

तस्बिरहरू : नेपाल पर्यटन बोर्ड

प्रकाशित: १४ चैत २०८० १६:१९ | Wednesday, March 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast