महालक्ष्मी विकास बैंकद्वारा हीरा गिरी जेहेनदार छात्रवृत्ति वितरण

हिमाल प्रेस २ चैत २०८० ११:१० | Friday, March 15, 2024
महालक्ष्मी विकास बैंकद्वारा हीरा गिरी जेहेनदार छात्रवृत्ति वितरण

काठमाडौँ- महालक्ष्मी विकास बैंकले कादम्बरी एकेडेमी, श्रीपुर वीरगन्जमा अध्यनरत छात्र जीवन राजवंशीलाई कक्षा १० अध्यनका लागि स्वर्गीय हीरा गिरी जेहेनदार छात्रवृत्ति प्रदान गरेको छ।

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्त्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष हीरा गिरीको स्मृतिमा स्थापित उक्त छात्तवृत्ति बैंकका सञ्चालक समितिका सदस्य श्यामसुन्दर रुंगटाले आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकलाई हस्तान्तरण गरेका हुन्।

अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएका राजवंशीको अध्यनमा सहयोग पुर्‍याउने उद्देश्यले पचास हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ।

बैंकका सञ्चालक समितिका सदस्य रुंगटाले विद्यार्थी देशका कर्णधार भएकाले गुणस्तरीय शिक्षा अपरिहार्य रहेको बताए। आमाको माया छात्रावासका पारिकले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तिले गुणस्तरीय शिक्षामा टेवा पुर्‍याउने बताए।

आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिइने बैंकले जनाएको छ।

प्रकाशित: २ चैत २०८० ११:१० | Friday, March 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast