बहराइनसँग दोस्रो खेल खेल्दै नेपाल

हिमाल प्रेस १३ चैत २०८० १०:५१ | Tuesday, March 26, 2024
बहराइनसँग दोस्रो खेल खेल्दै नेपाल

काठमाडौँ- फिफा विश्वकप-२०२६ छनोट अन्तरगत दोस्रो चरणमा आज नेपाली राष्ट्रिय टोलीले बहराइनविरुद्ध दोस्रो लेग खेल्दैछ।

बहराइन राष्ट्रिय रंगशालामा दोस्रो लेग नेपाली समयानुसार राति पौने १ बजे सुरु हुनेछ।

समूह ‘एच’मा रहेको नेपाल दोस्रो चरणमा अंकविहीन छ। नेपाल यसअघि पहिलो लेगमा बहराइनसँग ५–० को फराकिलो अन्तरले पराजित भएको थियो।

बहराइनलसँगको पहिलो लेग घरेलु मैदानमा हुने तालिका थियो। तर, दशरथ रंगशालाको स्तर खेल्नलायक नभएपछि पहिलो र दोस्रो दुवै लेग बहराइनमा भएको हो।

प्रकाशित: १३ चैत २०८० १०:५१ | Tuesday, March 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast