काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा सुनको मूल्य ४०० रुपैयाँ बढेको छ।
छापावाल सुन तोलामा एक लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन तोलामा एक लाख २६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य १५ रुपैयाँ घटेको छ। चाँदी तोलमा एक हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित: १४ चैत २०८० ११:३९ | Wednesday, March 27, 2024
प्रतिक्रिया



