प्राविधिक कार्यालयका प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस १ चैत २०८० १४:०६ | Thursday, March 14, 2024
प्राविधिक कार्यालयका प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका इन्जिनियर तथा कार्यालय प्रमुख देवीप्रसाद पाण्डेसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उनीहरूले १४ लाख १७ हजार ९३५ रुपैयाँ हिनामिना गरेको पुष्टि भएको दाबी गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका इन्जिनियर महेशसिंह कठायत, सव–इन्जिनियर भीमबहादुर रोकाया, असिस्टेन्ट सव–इन्जिनियर सर्जन शाही र सिड्डीखोला फुकलछडा जल–उपभोक्ता समितिको अध्यक्ष दिपादेवी शाही, सचिव पूर्णबहादुर शाही र कोषाध्यक्ष फुल्टउरा शाही रहेका छन्।

मुगुको सोरु गाउँपालिका–९ (साविक कालै गाविस वडा नं. २, ३, ४) स्थित सिड्डिखोलादेखि फुक्यालसम्मको आरसीसी सिँचाइ कुलो निर्माणका लागि आर्थिक वर्ष २०७२/०७३ मा उपलब्ध गराएको रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

 

प्रकाशित: १ चैत २०८० १४:०६ | Thursday, March 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast