प्रभु महालक्ष्मी लाइफको एमडीआरटी सम्मान कार्यक्रम

हिमाल प्रेस ५ चैत २०८० १२:०६ | Monday, March 18, 2024
प्रभु महालक्ष्मी लाइफको एमडीआरटी सम्मान कार्यक्रम

काठमाडौँ- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तर्राष्ट्रिय फोरम एमडीआरटी २०२४ का लागि छनोट भएका अभिकर्तालाई सम्मान गरेको छ। चितवनको नारायणगढमा चैत २ देखि ४ गतेसम्म तीन दिन चलेको कार्यक्रम उल्लास र उत्सवका साथ सम्पन्न भएको थियो।

कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईूले उत्कृष्ट कार्यले नै सम्मानको लागि मार्ग तयार हुने बताए।

उनले भने, ‘तपाईँहरूको मेहनतले पाएको सफलतामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सधैँ साथ–सहयोग रहन्छ र उच्च सम्मान प्रकट गर्दछ।’ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले एमडीआरटीमा छनोट हुनु अभिकर्ता पेसाले दिएको मानसम्मानको एक उत्कृष्ट उदाहरण रहेको बताए।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोनबहादुर मगरले योग्यहरुको योग्यताको पहिचान आफूले गर्ने कामले प्रस्तुत हुने बताए।

प्रकाशित: ५ चैत २०८० १२:०६ | Monday, March 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast