पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिँदै

हिमाल प्रेस ४ चैत २०८० ७:१६ | Sunday, March 17, 2024
पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिँदै पोखरा लेकसाइड

काठमाडौँ- गण्डकी प्रदेशको राजधानी पोखरालाई आज पर्यटकीय राजधानी घोषणा गरिँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो।

गण्डकी सरकार, पोखरा महानगर, छिमेकी पालिकाहरू, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था तथा उद्योग वाणिज्य संघको पहलमा पोखरालाई नेपालकै पर्यटन राजधानी घोषणा गर्न लागिएको हो।

कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड हिजै पोखरा पुगेका छन् । पर्यटकीय नगरी घोषणा कार्यक्रमको अवसरमा बसुन्धारा पार्कदेखि विभिन्न झाँकीसहितको र्‍याली निकालिने छ।

झाँकीसहितको र्‍याली बाराहीघाटमा पुगेर घोषणा सभामा सहभागी हुने छ । फेवातालस्थित बाराहीघाटमा घोषणासभाको औपचारिक कार्यक्रमको आयोजना गरिएको महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए ।

पोखराको पर्यटन क्षेत्रको विकास र गण्डकी प्रदेशकै अर्थतन्त्रमा सहायेग पुर्‍याउने उद्देश्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएको मेयर आचार्यले बताए । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथमा पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गरिने आचार्यले बताए।

राजधानी घोषणा गरिएसँगै आइतबारदेखि पोखरामा अधिकांश व्यवसाय राति १ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ। केही व्यवसाय भने मापदण्ड पूरा गरेर २४ सै घण्टा पनि खुला गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित: ४ चैत २०८० ७:१६ | Sunday, March 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast