डिल्लीराम र समीक्षाकाे गीत ‘ए सुन माया’

हिमाल प्रेस ४ चैत २०८० १४:०३ | Sunday, March 17, 2024
डिल्लीराम र समीक्षाकाे गीत ‘ए सुन माया’

काठमाडौँ- भोजपुरका डिल्लीराम अधिकारीको शब्द तथा स्वरमा ‘ए सुन माया’ बोलको गीत सार्वजनिक गरिएको छ। डिल्लीरामलाई गायिका समीक्षा अधिकारीले स्वरमा साथ दिएकी छन्।

अरुण गाउँपालिका-७ का पूर्ववडाअध्यक्ष तथा गत स्थानीय चुनावमा पालिका अध्यक्षमा माओवादीबाट उम्मेदवार बनेका अधिकारीको यो तेस्रो सांगीतिक कोसेली हो।

‘ए सुन माया’मा अधिकारीले अन्तरजातीय प्रेमको पक्षमा वकालत गरेका छन्। अझै पनि विद्यमान प्रेम र विवाहमा जातभात तगारोविरुद्ध आफूले गीतमार्फत् सन्देश दिन खोजेको उनले बताए।

लोक दोहोरीको रूपमा प्रस्तुत गीतमा अर्जुन खड्का र जुना कार्कीको अभिनीत छन्। मनिपाल राईको संगीत रहेको गीतको कोरियोग्राफी तथा निर्देशन सुरेश पाण्डेले गरेका छन् भने एरेन्ज राजु कार्कीको छ।

कालुपाँडे समाधीस्थल नजिकै छायांकन गरिएको गीतको भिडियो एनपी म्युजिक मिडिया युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

‘खाडीको लाहुरे’ मार्फत् गायनमा डेब्यु गरेका अधिकारीले दोस्रो गीत ‘नर्कको मलामी’ मा पूर्वराजाको सक्रियता, राजनीतिक दल र नेताको गलत कार्यशैलीको कटाक्ष गरेका थिए।

प्रकाशित: ४ चैत २०८० १४:०३ | Sunday, March 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast