पक्राउ परेका महरा सीआईबीमा [फोटो फिचर]

हिमाल प्रेस ५ चैत २०८० १२:१४ | Monday, March 18, 2024
पक्राउ परेका महरा सीआईबीमा [फोटो फिचर]

काठमाडौँ- कपिलवस्तुबाट सोमबार बिहान पक्राउ परेका माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय ब्युरो (सीआईबी) मा ल्याइएको छ।
सुन तस्करी प्रकरणमा मुछिएका महरालाई अनुसन्धान र बयानका लागि सीआईबीमा ल्याइएको प्रहरीका एक उच्च अधिकारीले बताए।

सुन तस्करीसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले उपाध्यक्ष महरालाई कारबाहीको सिफारिस गरेको थियो। त्यसपछि उनी पक्राउ परेका हुन्। गृहमन्त्री रवि लामिछानेले आइतबार जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई निर्देशन दिएका थिए।
प्रहरी उपरीक्षक राठौरका अनुसार महरा कपिलवस्तुबाट रोल्पा जाने क्रममा पक्राउ परेका हुन्।

प्रकाशित: ५ चैत २०८० १२:१४ | Monday, March 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast