काठमाडौँ- नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको केन्द्रीय कोषाध्यक्ष पदमा युवा व्यवसायी गणेशप्रसाद लकान्द्री अत्यधिक मतले विजयी भएका छन्।
गत साता काठमाडौँमा सम्पन्न भएकाे नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको १०औँ अधिवेशनबाट लकान्द्री कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन्।
लकान्द्रीले १८६ मत प्राप्त गरे। अधिवेशनमा ३८४ जना सहभागी थिए। लकान्द्री यसअघि महासंघको सहकोषाध्यक्षको जिम्मेवारीमा थिए।
लकान्द्री नेपाल सुनचाँदी व्यवसायी मञ्चको संस्थापन अध्यक्ष पनि हुन्। अध्यक्षमा भने किसान सुनार निर्वाचित भए।

याे पनि
                            प्रकाशित: ८ चैत  २०८० ११:४५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             

