नेपाल लाइफद्वारा जीवन बिमाबारे समसामयिक विषयमा अन्तरक्रिया

हिमाल प्रेस ९ चैत २०८० १७:२० | Friday, March 22, 2024
नेपाल लाइफद्वारा जीवन बिमाबारे समसामयिक विषयमा अन्तरक्रिया

काठमाडौँ– जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले जीवन बिमाका समसामयिक विषयमा अन्तरक्रिया गरेको छ। विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर एवम् कम्पनीका एक्चुअरी फिलिप ज्याक्सनको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।

बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको प्रमुख आथित्यता सम्पन्न उक्त विशेष कार्यक्रममा नेपाल बिमा प्राधिकरणका उच्च पदस्थ कर्मचारीहरू, जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा नेपाल लाइफ इन्स्योरेन्सका उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल लाइफ इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले नेपालको बिमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरबारे चर्चा गर्ने अभिप्रायका साथ यो कार्यक्रम आयोजना गरिएको बताए।

प्राधिकरणका अध्यक्ष सिलवालले यस विशेष आयोजनका निम्ति यस कम्पनीलाई धन्यवाद ज्ञापन गरे। कम्पनीका एक्चुअरी फिलिप ज्याक्सनले नेपालको बिमा क्षेत्रका अवसर, समस्या र चुनौतीबार बृहत् प्रस्तुतीकरण दिएका थिए।

प्रकाशित: ९ चैत २०८० १७:२० | Friday, March 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast