दोस्रो नेपाली फिल्म फेस्टिभल लण्डनमा हुने

हिमाल प्रेस २९ फागुन २०८० १२:०६ | Tuesday, March 12, 2024
दोस्रो नेपाली फिल्म फेस्टिभल लण्डनमा हुने

काठमाडौँ- नेपाली फिल्म फेस्टिभलको दोस्रो संस्करण लण्डनमा हुने भएको छ। बेलायतको राजधानी लण्डनमा आगामी वर्ष जेठ २७ देखि असार १ सम्म फेस्टिभल हुन लागेको हो।

एक साता चल्ने महोत्सवमा १० वटा नेपाली फिल्म प्रदर्शन हुने आयोजक संस्था थर्ड आई लिमिटेडका अध्यक्ष विकास देवकोटा जानकारी दिए। आयोजकले महोत्सवमा ५० वटा फिल्मको आवेदन पर्ने आशा गरेको छ।

महोत्सवमा भाग लिन चाहने फिल्म मेकरले थर्ड आईको फेसबुक पेजमा गएर आवेदन दिन सक्नेछन्। जसबाट १० वटा फिल्म मनोनयन गर्ने र पाँचलाई सम्मान गर्ने तयारी गरिरहेको छ। थर्ड आईले नेपालबाट ४० जना फिल्मकर्मी महोत्सवमा सहभागी गराउनेछ।

फेस्टिभलले नेपाली कला र संस्कृतिको पर्वद्धनमा ठूलो सहयोग पुग्ने अध्यक्ष देवकोटाको विश्वास छ।‘हामी नेपाली परिवेश र नेपाललाई चिनाउने फिल्म देखाउनेछौं। यसले नेपाली फिल्मको बजार विस्तारमा टेवा पु¥याउनेछ भने नेपाली कला र संकृतिको पर्वद्धन गर्नेछ।’ उनले भने।

प्रकाशित: २९ फागुन २०८० १२:०६ | Tuesday, March 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast