दस करोडको लागतमा महोत्तरीको भंगाहा नगर

हिमाल प्रेस ५ चैत २०८० ९:५२ | Monday, March 18, 2024
दस करोडको लागतमा महोत्तरीको भंगाहा नगर

काठमाडौँ- महोत्तरीको भंगाहा नगर कार्यपालिकाको प्रशासकीय भवन १० करोडको लागतमा निर्माण हुने भएको छ।

भंगाहा-५ सीतापुरस्थित १० कट्ठा १९ धुर जग्गामा आइतबार प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरत्सिंह भण्डारीले शिलान्यास गरे।

कूल १० करोड ९१ लख ४२ हजार ६२३ रुपैयाँको लागतमा प्रशासकीय भवन निर्माण गरिने नगर कार्यपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजयकुमार यादवले बताए।

भवन निर्माणका लागि नगरप्रमुख सञ्जिवकुमार साहकी माता फूलकुमारी साहले करिब दुई करोड रुपैयाँ मूल्य बराबरको जग्गा दान गरेका हुन्।

शिलान्यासपछि पूर्वमन्त्री भण्डारीले जग्गादाता फूलकुमारी र उनका पति अशेश्वर साहलाई दोसल्ला ओढाएर सम्मान गरे।

हालको कार्यालय भवन नगरप्रमुख सञ्जिवकुमार साहको निजी हो। यो भवन कार्यालय सञ्चालनका लागि नगरप्रमुख साहले दुई वर्षअघि निःशुल्क उपलब्ध गराएका हुन्।

नयाँ भवन निर्माण नभएसम्म कार्यालय सञ्चालनका लागि उक्त भवन निःशुल्क उपलब्ध गराइरहने नगरप्रमुख साहले आफ्नो पुरानो प्रतिबद्धता दोहोर्‍याएको छ।

नयाँ भवन दुई वर्षभित्र पूरा गर्ने लक्ष्य छ।

प्रकाशित: ५ चैत २०८० ९:५२ | Monday, March 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast