त्रिविको हेलचक्य्राइँले मानविकी र शिक्षा संकायको उत्तरपुस्तिका नै हरायो, छानबिन समिति गठन

हिमाल प्रेस १६ चैत २०८० ६:३० | Friday, March 29, 2024
त्रिविको हेलचक्य्राइँले मानविकी र शिक्षा संकायको उत्तरपुस्तिका नै हरायो, छानबिन समिति गठन घडी भवन, त्रिवि कीर्तिपुर।

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको हेलचक्य्राइँले हराएको उत्तरपुस्तिका छानबिन गर्न विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा‍.डा.चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय एक उच्चस्तरीय समिति गठन गरिएको छ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले बिहीबार गरेको निर्णयअनुसार उत्तरपुस्तिका हराएकोबारे विस्तृत छानबिन गरी ३० दिन भित्र प्रतिवेदन पेस गर्न उक्त समिति गठन भएको हो।

त्रिभुवन विश्वविद्यालयबाट बिहीबार जारी प्रेस विज्ञप्तिमा उक्त समितिबाट प्राप्त प्रतिवेदन उपर छलफल गरी आवश्यक निर्णय लिइने बेहोरा उल्लेख गरिएको छ।

२०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय (कोड न.४२२) र शिक्षाशास्त्र संकाय तर्फको शिक्षाको आधार विषय (कोड नं. ४१२) को उत्तरपुस्तिका हराएपछि विश्वविद्यालयले यही चैत २१ गते यी दुई विषयका परीक्षा सञ्चालन हुने गरी सूचना प्रकाशित भइसकेको जानकारी दिइसकेको छ।

‘उत्तरपुस्तिका हराएको सन्दर्भमा विभिन्न सञ्चार माध्यममा प्रकाशित,प्रसारित समाचार तथा सम्पादकीय र जनमानसमा उत्पन्न चासो र चिन्ताप्रति त्रिभुवन विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ,‘उक्त उत्तरपुस्तिका हराएको घटना के कसरी भएको हो भन्ने विस्तृत छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेस गर्न त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को मिति २०८० चैत १५ गतेको निर्णयानुसार त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा.डा.चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय एक उच्चस्तरीय समिति गठन गरिएको छ। उक्त समितिबाट प्राप्त प्रतिवेदन उपर छलफल गरी आवश्यक निर्णय लिइने बेहोरा अुरोध छ।’

प्रकाशित: १६ चैत २०८० ६:३० | Friday, March 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast