डाबर वाटिका स्याम्पु मिस नेपाल २०२४ को टाइटल स्पोन्सर

हिमाल प्रेस ९ चैत २०८० १७:२८ | Friday, March 22, 2024
डाबर वाटिका स्याम्पु मिस नेपाल २०२४ को टाइटल स्पोन्सर

काठमाडौँ– डाबर वाटिका स्याम्पुले मिस नेपाल प्रतियोगितामा विगत दुई वर्षदेखिको साझेदारीलाई कायम राखेको छ। डाबर वाटिकाले मिस नेपाल २०२४ प्रतियोगिताको टाइटल स्पोन्सरसिपको घोषणा गरेको हो।

यो साझेदारीले नेपाली महिला सशक्तीकरण गर्ने र सौन्दर्य प्रवर्धन गर्ने डाबर वाटिकाको उद्देश्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको दाबी डाबर नेपालले गरेको छ।

डाबर नेपालका मार्केटिङ प्रमुख अभयप्रसाद गोर्खालीले भने, ‘हामी सुन्दरता र बौद्धिकताको उत्सव मनाउने एउटा प्रतिष्ठित प्लेटफर्म मिस नेपाल प्रतियोगितासँग आबद्ध हुन पाउँदा हर्षित छौँ। यो साझेदारीमार्फत हामीले नेपालभरका महिलालाई निडरताका साथ आफ्ना सपना पछ्याउन र प्रोत्साहित गर्ने लक्ष्य राखेका छौँ।’

प्रतियोगिताको आयोजक द हिडन ट्रेजरका अध्यक्ष अजयरत्न स्थापितले मिस नेपाल २०२४ को टाइटल प्रायोजकका रूपमा डाबर वाटिकालाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए।

प्रकाशित: ९ चैत २०८० १७:२८ | Friday, March 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast