जनैमा साँचो हाले जसरी खेल क्षेत्रलाई बन्धक बनाउन हुँदैन : खेलकुदमन्त्री

हिमाल प्रेस ११ चैत २०८० २०:४२ | Sunday, March 24, 2024
जनैमा साँचो हाले जसरी खेल क्षेत्रलाई बन्धक बनाउन हुँदैन : खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ।

कास्की- युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेल क्षेत्रमा राजनीतीकरण बन्द हुनुपर्ने बताएका छन्। सहकार्यबाट खेलकुद विकास सम्भव रहेकाले सबैसँग सहकार्य गरेर अघि बढ्ने उनले स्पष्ट पारे।

पोखरा रंगशालाको आज (आइतबार) निरीक्षणपछि सञ्चारकर्मीहरुसँगको भेटघाटमा उनले राजनीतिक नियुक्ति लिएर जनैमा साँचो हाले जसरी बसेर खेलाडी र खेल क्षेत्रलाई बन्धक बनाउने राजनीति अब बन्द गर्नुपर्ने जिकिर गरे।

खेलकुदमन्त्री श्रेष्ठले पोखरा रंगशालाभित्रका खेल पूर्वाधारको अवलोकनपछि आफू उत्साहितसँगै पूर्वाधार संरक्षणलाई लिएर भने चिन्तित बनेको बताए।

प्रकाशित: ११ चैत २०८० २०:४२ | Sunday, March 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast