गुल्सन एक्लैले चार विकेट लिँदा गुजरात ९८ रनमै अलआउट

हिमाल प्रेस १८ चैत २०८० १६:३१ | Sunday, March 31, 2024
गुल्सन एक्लैले चार विकेट लिँदा गुजरात ९८ रनमै अलआउट

काठमाडौँ- नेपालले ‘एसएमएस फ्रेन्डसिप कप’को पहिलो खेलमा गुजरातबाट ९९ रनको लक्ष्य पाएको छ। नेपालका मध्यम गतिका बलर हाबी हुँदा गुजरात सस्तैमा समेटियो।

टस हारेर ब्याटिङमा आएको गुजरातले १८.२ ओभरमा सबै विकेट गुमाएर ९८ रनको योगफल खडा गर्‍यो।

गुजरातका ओपनर रुद्र मयुर पटेल २२ बलमा ४ चौकासहित सर्वाधिक २३ रनमा आउट भए। आर्यन देशाई ४, उमांग पटेल ५, स्मित पटेल १०, अभिषेक देशाई ११ र हेमांग पटेल २० र ऋषि पटेल १ रनमा आउट भए। सराल प्रजापति १७ रनमा आउट भए।

नेपालका गुलशन झाले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए। करण केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए। सोमपाल कामीले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए। दीपेन्द्रले ४ ओभरमा २३ र अभिनाश बोहराले ३ ओभरमा १७ रन खर्चिए।

अप्रिल ७ सम्म हुने प्रतियोगितामा यी दुईसँगै बरोडा क्रिकेट संघ सहभागी छ। नेपालले आईसीसी ट्वान्टी २० विश्वकपको तयारी स्वरूप यो प्रतियोगिता खेल्न लागेको हो। ट्वान्टी २० विश्वकप जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ। समूह ‘डी’ मा नेपाल दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्।

गुजरातविरुद्ध फिल्डिङ गर्दै नेपाल

 

प्रकाशित: १८ चैत २०८० १६:३१ | Sunday, March 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast