खेलाडीको अधिकारलाई संरक्षण गर्न नीति निर्देशित काम गर्नुपर्छ– खेलकुदमन्त्री श्रेष्ठ

हिमाल प्रेस ९ चैत २०८० १९:०३ | Friday, March 22, 2024
खेलाडीको अधिकारलाई संरक्षण गर्न नीति निर्देशित काम गर्नुपर्छ– खेलकुदमन्त्री श्रेष्ठ विराजभक्त श्रेष्ठ।

काठमाडौँ- युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नीति निर्देशित काम गर्नसके मात्र खेलाडीको अधिकारलाई संरक्षण गर्ने बताएका छन्। नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शुक्रवार गरेको स्वागत तथा बधाई कार्यक्रममा मन्त्री श्रेष्ठले नीतिलाई माथि राखेर काम गर्नसके खेलाडीको अधिकार संरक्षण हुने धारणा राखे।

उनले पछिल्ला ३० वर्षयता खेलाडी केन्द्रित काम हुन नसकेको उल्लेख गर्दै व्यक्ति केन्द्रित नीतिभन्दा पनि खेलकुद केन्द्रित नीतिको विकास हुनुपर्ने बताए। मन्त्री श्रेष्ठले खेल नीति परिमार्जन गर्न मन्त्रालयले काम गरिरहेको सार्वजनिक गरे।

अन्तर्राष्ट्रिय मूल्य मान्यताअनुरूप काम गर्नसके ओलम्पिकको कमिटीको जिम्मेवारी धेरै रहेको मन्त्री श्रेष्ठको भनाइ छ। ओलम्पिक कमिटीले खेलमार्फत् कुटनीति विकासमा काम गर्नुपर्ने औँल्याउँदै मन्त्री श्रेष्ठले नेपालको खेलजगत, खेलाडी र प्रशिक्षकलाई अन्तर्राष्ट्रिय क्षेत्रसँग जोड्नुपर्ने धारणा राखे। साथै उनले नेपालको प्रचलित कानुनलाई पनि सम्मान गर्नुपर्ने बताए।

मन्त्री श्रेष्ठले खेलकुदमार्फत युवाहरूको नैरस्यता कम गर्न काम गर्नुपर्ने धारणा राखे। ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मन्त्री श्रेष्ठले बधाई तथा स्वागत ग्रहण गर्ने काम कम गर्दै लैजानुपर्ने आग्रह गर्दै अस्थिरताका कारण खेलकुद क्षेत्रलाई परिणाममुखी बनाउन सफल नभएको स्वीकार गरे।

प्रकाशित: ९ चैत २०८० १९:०३ | Friday, March 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast