कोरियाले वन, सेवा र ‘रुट इन्डस्ट्री’ मा पनि नेपाली कामदार लैजाने

हिमाल प्रेस १ चैत २०८० १७:४१ | Thursday, March 14, 2024
कोरियाले वन, सेवा र ‘रुट इन्डस्ट्री’ मा पनि नेपाली कामदार लैजाने

काठमाडौँ–दक्षिण कोरियाले सन् २०२४ मा नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डस्ट्री क्षेत्रमा पनि श्रमिक लैजाने भएको छ। बुधबार वैदेशिक रोजगार विभागले जानकारी गरेको सूचनामा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लैजान कोरियाले पत्राचार गरेको बताइएको छ।

सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र शिप विल्डिङ क्षेत्रबाट मात्र कामदार लाँदै गरेकोमा सन २०२४ देखि वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डस्ट्री क्षेत्रमा समेत नेपाली कामदार लैजाने विज्ञप्तिमा उल्लेख छ। २०२४ मा अझ बढी सख्यामा नेपाली कामदार कोरिया लैजाने व्यहोराको पत्राचार कोरिया सरकारबाट आएको विभागको सूचनामा भनिएको छ।

कोरियाले कृषि, उत्पादनमूलक र जाहज निर्माणमा नेपाली कामदार लैजाने गरेको थियो। यस सालदेखि वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डस्ट्रीमा समेत नेपाली कामदार लैजाने भएको वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेले जानकारी दिए।

कोरियाको रोजगारीका सन्दर्भमा कोटा घट्ने लगायतका गलत हल्लाहरू चलाइएको थियो। तर, थप क्षेत्रमा कामदार लैजाने र यस सालका लागि कोटा समेत बढाइएको उनले बताएका छन्।

रोजगार अनुमति प्रणालीमार्फत नेपाली कामदार कोरिया पठाउने कार्य दुई देशबीच भएको सम्झौताबमोजिम निष्पक्ष, पारदर्शी र व्यवस्थित रुपमा हुने शाखाले स्पष्ट भएको पनि उनको भनाइ छ।

प्रकाशित: १ चैत २०८० १७:४१ | Thursday, March 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast