कामना सेवा विकास बैंकद्वारा प्रहरी प्रभाग बूढानीलकण्ठलाई गोप्रो हस्तान्तरण

हिमाल प्रेस ७ चैत २०८० १३:१८ | Wednesday, March 20, 2024
कामना सेवा विकास बैंकद्वारा प्रहरी प्रभाग बूढानीलकण्ठलाई गोप्रो हस्तान्तरण

काठमाडौँ– कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रहरी प्रभाग, बूढानीलकण्ठलाई २ थान गोप्रो हस्तान्तरण गरेको छ। बैंकका सामान्य सेवा, बीसीसी तथा सीएसआर विभाग प्रमुख सुशील पौडेलले प्रहरी प्रभागका प्रमुख तथा प्रहरी निरीक्षक योग राज खतिवडालाई गोप्रो हस्तान्तरण गरेका हुन्।

उक्त हस्तान्तरण कार्यक्रममा प्रहरी निरीक्षक खतिवडाले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको गोप्रो हस्तान्तरणले अपराध नियन्त्रण तथा प्रमाण संकलनका लागि महत्त्वपूर्ण सहयोग पुग्ने बताए।

बैंकका सीएसआर विभाग प्रमुख पौडेलले नेपाल प्रहरीसँगको समन्वयमा समुन्नत समाज विकासका लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुसी व्यक्त गरे।

प्रकाशित: ७ चैत २०८० १३:१८ | Wednesday, March 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast