कामना सेवाको वित्तीय साक्षरता कार्यक्रम

हिमाल प्रेस ६ चैत २०८० १३:४१ | Tuesday, March 19, 2024
कामना सेवाको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ– विश्व वित्तीय सप्ताहका अवसरमा कामना सेवा विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। विश्व वित्तीय सप्ताह किशोर तथा युवामा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने अर्गानाइसजेसन अफ इकोनोमिक्स कोअप्रेसन एन्ड डेभलपमेन्टको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ।

नेपाल राष्ट्र बैंकद्वारा आयोजित विश्व वित्तीय सप्ताहअन्तर्गत कामना सेवा विकास बैंकले हल्दीबारी गाउँपालिका, झापाका लघु, उद्यमी तथा नगदेबाली उत्पादक किसानलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

बैंकका कोशी प्रदेशको प्रमुख मोहनदत्त खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङदेनको प्रमुख आतित्यथा रहेको थियो। कार्यक्रममा बैंकको बुधबारे शाखा प्रमुख मोदनाथ गुरागार्इँले प्रस्तुतीकरण गरेका थिए।

प्रकाशित: ६ चैत २०८० १३:४१ | Tuesday, March 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast