काठमाडौँ सुनचाँदी व्यवसायीको अध्यक्षमा रोहिनादेवी शाक्य निर्वाचित

हिमाल प्रेस ९ चैत २०८० १५:५७ | Friday, March 22, 2024
काठमाडौँ सुनचाँदी व्यवसायीको अध्यक्षमा रोहिनादेवी शाक्य निर्वाचित

काठमाडौँ– काठमाडौँ सुनचाँदी व्यवसायी संघमा रोहिनादेवी शाक्य अध्यक्ष पदमा सर्वसम्मत चयन भएकी छन्। संघको २१ औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनले शाक्यलाई अध्यक्षमा चयन गरेको हो। संघको उपाध्यक्षमा उपेन्द्रकाजी शाक्य, मुक्तिरत्न वज्राचार्य र दशरत्न वज्राचार्य निर्विरोध चयन भएन।

लेखरत्न शाक्यले सचिव, रमेशमान शाकयले कोषाध्यक्ष, अभिषेक शाक्यले सचिव र पद्मेश शाक्यले सहकोषाध्यक्षको जिम्मेवारी पाएको संघले जनाएको छ। कार्यसमिति सदस्यहरूमा सूर्यरत्न वज्राचार्य, सुरेन्द्रकाजी शाक्य, सुजेन शाक्य, निकेशरत्न वज्राचार्य, मनीष शाक्य, उजिना शाक्य, मोहिनी शाक्य, सञ्जयरत्न शाक्य, माणिकरत्न शाक्य, रवीन्द्र शाक्य, कवीरचन्द्र वज्राचार्य, सन्दीप शाक्य र अरुणा श्रेष्ठ चयन भएका छन्।

साधारणसभा उद्घाटन युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले गरेका थिए। मन्त्री श्रेष्ठले इतिहास रहेको व्यवसायमा युवा पुस्तालाई टिकाउन युवा मन्त्रालयले केही योजना ल्याउने बताए। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले व्यापारीले नभई बाहिरी तत्त्वले गर्दा सुन तस्करी भइरहेको बताए।

प्रकाशित: ९ चैत २०८० १५:५७ | Friday, March 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast