कांग्रेसको प्रस्ताव अस्वीकृत भएसँगै तोकियो राष्ट्रियसभा अध्यक्षको चुनाव मिति

हिमाल प्रेस २७ फागुन २०८० १४:०४ | Sunday, March 10, 2024
कांग्रेसको प्रस्ताव अस्वीकृत भएसँगै तोकियो राष्ट्रियसभा अध्यक्षको चुनाव मिति राष्ट्रियसभा

काठमाडौँ- राष्ट्रियसभा अध्यक्ष पदका लागि फागुन २९ गते चुनाव हुने भएको छ।

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले फागुन २९ गते मंगलबार चुनाव तोकिएको आइतबारको राष्ट्रियसभा बैठकमा सुनाएकी छन्।

राष्ट्रियसभा अध्यक्ष पदका लागि हुने निर्वाचनको सूचना प्रकाशन गर्न उपाध्यक्ष अर्यालले संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलाई निर्देशन दिएकी छन्।

यसअघि नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दल नेता कृष्णप्रसाद सिटौलाले केही दिन चुनाव सार्न आग्रह गरेका थिए।

आइतबारको सर्वदलीय बैठकमा कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको चुनाव सार्न आग्रह गरे पनि फागुन २९ गतेलाई नै चुनाव मिति तोकिएको हो।

राष्ट्रिय सभामा १७ सांसदसहित नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो दल छ।

कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक(एक सांसद छन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक रिक्त छ।

प्रकाशित: २७ फागुन २०८० १४:०४ | Sunday, March 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast