एनसेलको सन्देशमूलक फागु विशेष भिडियो

हिमाल प्रेस ९ चैत २०८० १७:४७ | Friday, March 22, 2024
एनसेलको सन्देशमूलक फागु विशेष भिडियो

काठमाडौँ- एनसेलले नयाँ पुस्तालाई फागु पूर्णिमा ९होली पर्व० को महत्त्व बुझाउन सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ। ‘आफ्नो लागि मात्र होइन, आफ्नाहरूका लागि पनि हरेक पर्व विशेष बनाऔँ’ भन्दै एनसेलले यो भिडियो सन्देश बनाएको हो।

आपसी मेलमिलाप र सद्भाव एवं सामाजिक एकताका लागि फागुन शुल्क पूर्णिमाका दिन मनाइने होली नेपालका प्रमुख चाडपर्वमध्ये एक हो। साथीभाइ, आफन्त र परिवारसँग मिलेर रंगहरू खेल्दै, खुसी साट्दै मनाइने यो पर्वको रौनक बिस्तारै हराउँदै गएको छ।

छोराछोरीहरू आआफ्नै तरिकाले होली खेल्न घरबाहिर जाँदा बुवाआमाहरू एक्ला हुन्छन्। यही कमी महसुस गरेर एनसेलले यो भिडियो बनाएको एनसेलले जनाएको छ। भिडियोमा नयाँ पुस्ताले दूरसञ्चार प्रविधि प्रयोगमार्फत कसरी बुबाआमाको विगतका खुसीलाई वर्तमानमा पनि स्थापित गर्न सक्छन् भन्ने सन्देश छ।

सन्तानका हरेक खुसीका लागि समर्पित हुँदाहुँदै जीवन बिताएका बुवाआमालाई तिनै सन्तानले दिएको एउटा खुसी पनि कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा भिडियोमा देख्न सकिन्छ।

प्रकाशित: ९ चैत २०८० १७:४७ | Friday, March 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast